arrow

हेटौंडामा ४१ घण्टामा १० हजार मतगणना, गठबन्धन र एमालेलाई पछि पार्‍यो राप्रपाले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
meyar-mmmmmm.jpg

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा १० हजार मत गणना भएको छ । यहाँ १० हजार मत गणना गर्न ४० घण्टा बढी समय लागेको छ । हेटौंडा-२ स्थित सिद्धार्थ माविको मतगणना स्थलमा वडा नम्बर १,२,१८ र १९ वडाका मतगणना कार्य शनिवार बिहान ८ बजेदेखि सुरु भएको थियो ।

सोमबार बिहान १ बजे १० हजार मतगणना गरिएको छ । १० हजार गन्दा राप्रपाले अग्र स्थान लिइरहेको छ । मतगणना सुस्त भएपछि थप ४ वटा मतगणना स्थल थप्ने प्रयास भइरहेको मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

शुक्रवार भएको मतदानमा हेटौंडा उपमहानगरपालिकामा कुल १ लाख ४ हजार ४ सय ७३ जना मतदाता रहेकोमा १९ वटा वडाहरूमा ७४ हजार १ सय ८५ मत खसेको छ ।

हाल हेटौंडा-२, ३, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने विजयी भैसकेका छन् ।

१ बजेसम्मको ताजा मत परिणाम अनुसार हेटौंडा उपमहानगरपालिको मेयरका लागी प्राप्त मत :
 दीपक बहादुर सिंह (राष्ट्रिय प्रजातन्त्र पार्टी)- ३०६५
मिना कुमारी लामा,  गठबन्धन उम्मेदवार (नेकपा समाजवादी)-२९७४
अनन्त पौडेल (नेकपा एमाले)- २६८३

हेटौंडा उपमहानगरपालिकाको उप-मेयर लागी प्राप्त मत गठबन्धन उम्मेदवार 
(नेपाली कांग्रेस) राजेश बानियाँ - ४४७२
नेकपा एमाले- ३३३४
राष्ट्रिय प्रजातन्त्र पार्टी- ८९३ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ