arrow

सर्लाहीको धनकौलमा कांग्रेसका उम्मेदवार विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
dhanakul.jpg

सर्लाही । सर्लाहीका केही स्थानबाहेक अधिकांश स्थानमा मतगणना भइरहेको छ । यसैक्रममा सर्लाहीको धनकौल गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामआश्रय साह र उपाध्यक्ष पदमा अकली सहनी विजयी भएका छन् ।

साहले ४४७७ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा सहनीले ४५०४ मत प्राप्त गरी निवार्चित भएकी छन् ।

गाउँपालिका अध्यक्ष साहको निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार फकिरा महतोले ३३७८ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष सहनीका निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार निलमकुमारी देवी सहनीले ३२२५ मत प्राप्त गरेकी छन् ।

एमालेका उम्मेदवार अजय कुमार सिंहले भने १६०७ मत प्राप्त गरे भने उपाध्यक्षमा रमिता कुमारी यादवले १६०३ मत प्राप्त प्राप्त गरी तेस्रो स्थानमा रहेकी छन् ।

सर्लाहीमा २० पालिका रहेको छ । जसमध्ये ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेको छ । २० वटै पालिकामा मध्ये सबैभन्दा अगाडी धनकौलको नतिजा सार्वजनिक भएको हो ।



नयाँ