arrow

प्रचण्डकी बुहारीको प्रभाव क्षेत्र लालझाडीमा एमाले उम्मेदवारले जिते

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७९ जेठ २ सोमबार
local-level-election-000.jpg

कञ्चनपुर । माओवादी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगरको प्रभावमा रहेको लालझाडी गाउँपालिकाको प्रमुख उपप्रमुखमा एमालेका उम्मेदवारहरू विजयी भएका छन् ।

सोमबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार लालझाडीको प्रमुख पदमा एमालेका निर्मल राना ४५१६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका मदनसेन बडायक २८५८ मत ल्याएर दोस्रो स्थानमा खुम्चिएका छन् । भने नेपाली कांग्रेसका श्रीकृष्ण राना २४६८ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

उप प्रमुख पदमा एमालेकी सपना राना चौधरी ३५६१ मत ल्याएर विजयी भएकी छिन । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी राधा राधा रानाले ३४९३ मत ल्याएर दोस्रो स्थानमा र माओवादी केन्द्रका सत्यदेवी महरा २७३२ मत ल्याएर तेस्रो स्थानमा खुम्चिन पुगिन ।

लालझाडीमा कुल मतदाता १४०१६ रहेको मा ११३३५ मत खसेको थियो । त्यसमध्ये ११०५७ मत सदर रहेको थियो भने ३०९ मत बदर भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ