arrow

बाँकेका पन्ध्र वडाको मत परिणाम सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
Banke-hamrakura.jpg.jpeg

बाँके । बाँकेमा कुल ८१ वडामध्ये अहिलेसम्म १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले)ले पाँच, नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले तीन, जनता समाजवादी पार्टी (जसपा)ले दुई तथा राप्रपाले एक वडा जितेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा एमालेका प्रमोद रिजाल निर्वाचित भएका छन् । उनले कूल ७८१ मत प्राप्त गरेका थिए ।

उनी यसअघि पनि सो वडाका वडाध्यक्ष थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका तारामान कुँवरले ७२७ मत प्राप्त गर्नुभयो भने कांग्रेसले ५८१ मत प्राप्त गरेको थियो । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा राप्रपाका मनोज श्रेष्ठले ५५० मत प्राप्त गरी निर्वाचित भएका छन् । उक्त वडा विसं २०७४ को निर्वाचनमा कांग्रेसले जितेको थियो ।नेपालगञ्ज-२२ मा जसपाका अब्दुल गफ्फार हलवाई निर्वाचित भए ।

यस्तै जानकी गाउँपालिका वडा नम्बर १ मा जसपाका प्यानल विजयी भएकोछ । जसपा नेपालका मोहम्मद रजा राइ वडाध्यक्षमा एक हजार १७४ मत प्राप्त गर्दै विजयी भएका छन् ।वडा नम्बर २ मा नेकपा माओबादीका चन्द्रिकाप्रसाद गुप्ता विजयी भएका छन् । उन दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित भएका हुन् । 

राप्तीसोनारी गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका यमबहादुर खड्का निर्वाचित भए । उनसहित एमालेको पूरै प्यानल निर्वाचित भएको हो । 
खुला सदस्यमा एमालेकै चूर्णबहादुर भण्डारी र भरत बुढाथोकी, महिला सदस्यमा एमालेकै यमकुमारी ओली र दलित महिला सदस्यमा निर्मला विक निर्वाचित भएका छन् । 

राप्तीसोनारी -२ मा एमालेका उम्मेदवार ज्ञानेन्द्र वली ९ज्ञानु० विजयी भएका छन् । राप्तीसोनारी-३ मा एमालेका मीनकुमार थारु निर्वाचित भएका छन् । एमालेका वडाध्यक्षका उम्मेदवार मिनकुमार थारुले एक हजार ३४३ मत ल्याएका छन् । महिला सदस्यमा सुमित्राकुमारी थारु दलित महिला सदस्यमा रिता दमाई, खुला सदस्यतर्फ पुन्वा थारु र मङ्गलबहादुर ओली विजयी भएका भएका छन् । कोहलपुर नगरपालिका-१ मा माओवादीका बद्रीप्रसाद जैसीको प्यानल विजयी भएको छ । 

कोहलपुर-१५ मा कांग्रेसका दीपेन्द्रकुमार थारु वडाध्यक्षमा निर्वाचित भएका छन् । सो वडामा कांग्रेसको पूरै प्यानल निर्वाचित भएको छ । खुजुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका मनवीर खत्री विजयी भएका छन् ।डुडुवा गाउँपालिका-१ मा कांग्रेसका पटेश्वरी कुर्मीसहितको प्यानल विजयी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ