- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । पाँचथरका ८ वटा स्थानीय तहको प्रमुख तथा उपप्रमुख सबै पदमा लोकतान्त्रिक बाम गठबन्धनको अग्रता कायमै रहेको छ । जसअन्तर्गत अहिले सम्म कुम्मायक गाउँपालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक भएको छ ।
पाँचथरको कुम्मायक गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष दुवै पद लोकतान्त्रिक बाम गठबन्धनले जितेको छ । गठबन्धन अन्तर्गत अध्यक्ष पदमा नेपाली कांग्रेसका बम प्रसाद लावतीले नेकपा एमालेका प्रत्याशी भिमप्रसाद सम्हाम्फे लाई १ सय ५७ मतले पराजित गर्दे विजयी भएका हुन् ।
लावतीले ३ हजार ५७ मत प्राप्त गर्दा एमालेका प्रत्याशी भीम सम्हाम्फेले २ हजार ९ सय मत प्राप्त गरेका हुन् । यस्तै उपाध्यक्ष पदमा पनि गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रका महेन्द्र खड्काले प्रत्याशी नेकपा एमालेका सिता रिजाल आचार्यलाई ३४ को मतान्तरले विजयी भएका हुन् ।
खड्काले २ हजार ७ सय ५८ र आचार्यले २ हजार ७ सय २४ मत प्राप्त गरेका थिए । ५ वटा वडा रहेको यस कुम्मायक गाउँपालिकामा २ वटा गठबन्धन र ३ वटामा नेकपा एमालेले जित हासिल गरेको छ । गत ०७४ को स्थानीय तहको निर्वाचनमा २७ वटा पदमा वडा नम्बर १ मात्रै स्वतन्त्र र बाँकी २६ वटा पदमा नेकपा एमालेको सेट नै विजयी भएको हो ।