arrow

 पोखरामा थापासँग अग्रता बढाउँदै धनराज, उपमेयरमा टक्कर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
Dhanraj-kopila.jpg

पोखरा । पोखरा महानगरपालिकामा मेयरका उम्मेद्वार धनराज आचार्यको अग्रता बढ्दै गएको छ । बिहान ९ः५० बजेसम्ममा गठबन्धनका आचार्यले चार हजार ५१ मत प्राप्त गर्दा नेकपा एमालेका मेयर पदका उम्मेद्वार कृष्ण थापाले ३६ सय ५७ मत प्राप्त गरेका छन् । 

यता, उपमेयर पदमा भने कडा प्रतिस्पर्धा देखिएको छ । गठवन्धनकी कोपिला रानाभाटले ४१ सय ९१ मत प्राप्त गर्दा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ४१ सय १० मत प्राप्त गरेकी छन् ।

पोखराका वडाहरुमध्ये १ र २ को नतिजा आइसकेको छ । जसमा वडा नं. १ मा एमाले र वडा नं. २ मा कांग्रेस विजयी भएको छ । 

यसैगरी राप्रपाका मेयर पदका उम्मेद्वार शंकर खरालले ५०० र अटेरी अभियानका गनेस पौडेलले २३२ मत प्राप्त गरेका छन् । 

उपमेयरमा राप्रपाकी उपमेयर पदकी उम्मेद्वार रञ्जना शेन पौडेलले ७६६ मत प्राप्त गरेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ