arrow

ललितपुरमा एमालेका उम्मेदवारभन्दा चिरीबाबुको दोब्बर मतको अग्रता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
chiribabu.jpg

ललितपुर । ललितपुर महानगरपालिकामा एमालेका उम्मेदवार भन्दा निवर्तमान महानगर प्रमुख चिरीबाबु महर्जनको दोब्बर मतको अग्रता रहेको छ । 

नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकार भन्दा दोब्बर मतले अगाडि रहेका छन् । 

 पछिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले दुई हजार ३८ मत पाएका छन् । 

उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता रहेको छ । एमालेकी उम्मेदवार मञ्जली शाक्यले एक हजार ८८६ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले एक हजार ३१७ मत पाएका छन् । 

महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म एउटा वडाको मात्रै परिणाम आएको छ । शनिवार मध्याह्न १२ बजे मतगणना सुरु भएको थियो । हाल २, ३ र ४ वडा तीन ठाउँमा गणना भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ