- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा अवतरण गरेका छन् । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बीनीमा २५ सय ६६ औं बुद्ध जयन्तीका दिन मोदी आएका हुन् ।
मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का लगायतका मन्त्री तथा सचिवहरुले स्वागत गरेका छन् । केहीबेरमा प्रधानमन्त्री देउवा र मोदीले मायादेवी मन्दिरमा पूजा गरेपछि बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
करिब सवा १२ बजेर १५ मिनेटमा मोदीले पवन होटलमा विश्राम गर्ने र त्यहाँ १२ बजेर २० मिनेटमा परराष्ट्र मन्त्री नारायण खड्कासँग शिष्टाचार भेट गर्नेछन् ।
त्यसपछि साढे १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच पवन होटलमा द्विपक्षीय वार्ता हुने र पौने १ बजेबाट प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम छ ।
त्यसपछि मोदी साढे १ बजे प्रधानमन्त्री देउवाले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । भोजपछि २ बजे मोदीले विशिष्ट तहका व्यक्तिहरूसँग भेटघाट तथा छलफल गर्ने र सोही क्रममा पत्रकार सम्मेलनको आयोजना गरिने कार्यक्रम रहेको छ ।
त्यसपछि करिब साढे ३ बजे लुम्बिनीमा हालै बनेको ५ हजार जनाको क्षमता रहेको सभाहलमा आयोजित बुद्ध जयन्तीको मूल समारोहमा मोदी सहभागी हुनेछन् र सम्बोधन पनि गर्ने छन् ।
त्यसपछि आजै साँझ ५ बजे मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट भारतको कुशीनगर फर्किने छन् ।