arrow

जिल्लाकै पहिलो वडाध्यक्षमा महिला निर्वाचित

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७९ जेठ २ सोमबार
kanjuma-kumail.JPG

मुगु । जिल्लाकै इतिहासमा पहिलो चोटि वडाध्यक्षमा महिला उम्मेदवार निर्वाचित भएकी छन् । मुगु स्थित छायाँनाथ रारा नगरपालिका वडा नं ११ को वडाध्यक्षमा कुन्जुमा कुमाईं निर्वाचित भएकी हुन् ।

नेकपा एकीकृत समाजवादी बाट उम्मेदवार बनेकी कुमाईले निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार तेज बहादुर बुढालाई पछाडि पादै जित हासिल गरेकी हुन् ।

जिल्ला भरीमा रहेका ४५ वडाहरू मध्ये उनी नै एक मात्र महिला उम्मेदवार थिइन् । ११ नं वडामा कांग्रेसका आधिकारिक उम्मेदवार हिमाल श्रेष्ठ थिए भने त्यहाँ नेकपा एस, कांग्रेसबाट बागी उम्मेदवार र एमालेको कडा प्रतिस्पर्धा थियो ।
 
नेकपा एसले अध्यक्ष सहित २ सदस्य र एमालेले २ सदस्य जित हासिल गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कुल खसेको ४९६ मतमा मध्य विजेता कुमाईले १२९ र प्रतिस्पर्धी बुढाले १२४ मत प्राप्त गरेका थिए । कुमाईले ५ मतको अन्तरले जित हासिल गरेकी थिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ