arrow

मकवानपुरको कैलाशमा गठबन्धनका उम्मेदवार विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
Makwanpur-hamrakura.jpg.jpeg

मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिकाका गठबन्धन विजयी भएको छ । गाउँपालिका प्रमुखमा गठबन्धन तर्फमा नेपाली कांग्रेसका उम्मेदवार लोक बहादुर मोक्तान र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका बालकुमार मल्ल विजयी भएका छन् ।

मोक्तानले ७८९७ मत ल्याउँदै ८०४ मतान्तरले निकटतम प्रतिद्वन्द्वी एमालेका नरेन्द्र लाल रिजाललाई हराएका छन् । एमालेका रिजालले ४०९३ मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा गठबन्धन तर्फका माओवादी केन्द्रका बालकुमार मल्लले ४०८८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका सुकु माया थिङ्गलाई १५१ मतान्तरले पराजित गरे । थिङ्गले ३९३७ मत प्राप्त गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ