arrow

डोटीको सिलगढी-२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
doti-swatantra.JPG

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका-२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राजेन्द्र खड्का विजयी भएका छन् । खड्का ४६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रोशन कठयताले ४१५ मत ल्याएका छन् ।

खड्का २०७४ सालको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका थिए । यस पटक पनि उनले कांग्रेसबाट टिकटको दाबी गरेका थिए । कांग्रेसले उनको सट्टा कठायतलाई उम्मेदवार बनाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

आफू जित्ने निश्चित देखेपछि स्वतन्त्र उम्मेदवारी दिएको बताउँदै आएका खड्काले पुनः बाजी मारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ