arrow

नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्ट ३१४५ मतान्तरले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
prasant.JPG

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट ठूलो मतान्तरले अगाडि छन् ।

वडा नम्बर १, २, ३, २० , २१, २२ र २३ नम्बर वडाको मतगणना सकिँदासम्म विष्टले ५३२६ मत पाएका छन् । नेकपा एमालेका पशुपतिदयाल मिश्र २१८१ मतका साथ दोस्रो स्थानमा छन् । विष्ट मिश्र भन्दा ३१४५ मतले अघि छन् ।

राप्रपाका नन्दलाल वैश्यले २०४२ मत पाएका छन् । यस्तै उपप्रमुखमा जसपाका कमरुद्दिन राईले ४०२० मतका साथ अग्रता कायमै राखेका छन् । दोस्रोमा रहेकी राप्रपाकी विन्दु चर्ती मगरले २५४२ मत पाउँदा एमालेकी शान्तिदेवी ढकालको १९६१ मत आएको छ ।

अहिले वडा नम्बर ४ र १९ को मतगणना हुँदै छ । वडा नम्बर २० को मतगणना सकिएको छ । तर, त्यो तथ्याङ्क यसमा समावेश छैन ।

नेपालगञ्जको वडा नम्बर १ मा एमालेका प्रमोद रिजाल , २ मा राप्रपाका मनोज श्रेष्ठ  , ३ मा माओवादी केन्द्रका मो.अयुव सिद्दिकी , २० मा जसपाका कौशल कुमार धोबी ,२१ मा राजकुमार साहु, २२ मा जसपाका अब्दुल गफ्फार हलवाई र २३ मा नेपाली कांग्रेसका जब्बर अली बेहना निर्वाचित भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ