- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायमै राखेका छन् । भरतपुर महानगरपालिकामा माओवादी माओवादी केन्द्रकी रेणु दाहाललाई उछिन्दै अघि बढेका सुवेदी ५० मतले अघि रहेका छन् ।
एमाले उम्मेदवार सुवेदीले तीन हजार ९४४ मत प्राप्त गरेका छन् भने पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी दाहालले तीन हजार ८९४ मत प्राप्त गरेकी छन् ।
त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल पनि अघि बढ्दै छन् । पौडेलले एक हजार ५७२ मत प्राप्त गरेका छन् । साथे विवेकशील साझा पार्टी प्रवीण काफ्लेले १४ मत पाएका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्र सेन अधिकारी ४ हजार ४३१ मत सहित अग्र स्थानमा रहेका छन् ।