arrow

हेटौंडामा कडा प्रतिस्पर्धा : मिना लामा अघि लागिन्, एमाले तेस्रोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
meyar-mmmmmm.jpg

हेटौंडा। हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाले अग्रता लिएकी छिन् । ताजा मत परिणाम अनुसार गठबन्धन उम्मेदवार (नेकपा समाजवादी) मिना कुमारी लामाले ४ हजार १ सय ३५ मत ल्याएकी छन् ।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा दोस्रो र नेकपा एमालेका उम्मेदवार तेस्रो स्थानमा रहेका छन् ।  राप्रपाका दिपक बहादुर सिंहले ३ हजार ९ सय ४५ मत ल्याएर दोस्रो स्थानमा छन् । भने एमालेका अनन्त पौडेल ३ हजार ५ सय ५२ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । 

हाल हेटौंडा–२, ३,४, १८ नम्बर वडाको मतगणना भइरहेको छ ।  १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने र १९ नम्बरमा एमालेका नरनाथ सुवेदी विजयी भैसकेका छन् ।

१३ हजार ४ सय ९५  मत गणना हुँदा गठबन्धनको अग्रता कायम छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ