arrow

स्याङ्जाका दुई पालिकामा एमाले विजयी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७९ जेठ २ सोमबार
syangja-2-leader.jpg

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुन एमाले विजयी भएको छ । हरिनास गाउँपालिकामा नेकपा एमालेका खिमनारायण मानन्धर र कालीगण्डकी गाउँपालिकामा खिमबहादुर थापा अध्यक्षमा पुन दोस्रो पटक निर्वाचित भएका हुन् । 

यसअघि ५ वर्ष गाउँपालिकाको नेतृत्व सम्हालेका मानन्धरले प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका टोपबहादुर भुजेल ‘टोपा’लाई ३७ मतान्तरले पराजित गर्दै विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा विजयी मानन्धरले ४ हजार ७ सय ६९ मतप्राप्त गरेका थिए भने कांग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मतप्राप्त गरेको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।

कालीगण्डकी गाउँपालिकामा दोस्रो पटक विजयी बनेका खिमबहादुर थापाले ५ हजार ७ सय मतप्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका माया रानाले ५ हजार ५५ मत प्राप्त गरेकी थिइन् । १ हजार ५ सय ४५ मतान्तरले थापाले रानालाई पराजित गरे । 

हरिनास गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थापा राना विजयी भएकी छन् । नेकपा माओवादीकी मिठु लम्साललाई २४ मतले पराजित गर्दै उनी विजयी भएकी हुन् । विजयी रानाले ४ हजार ७ सय ४० मतप्राप्त गरेकी छन् भने लम्सालले ४ हजार ७ सय १६ मतप्राप्त गरेकी छन् । 

यसै गरी कालीगण्डकी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै सावित्रा कोइराला विजयी भएकी छन् । उनी पनि दोस्रो पटक पुन विजयी भएकी हुन् । कोइरालाले ६ हजार २ सय २३ मत प्राप्त गरेकी थिइन भने उनका प्रतिस्पर्धी जनमुक्ति पाटीका बमबहादुर लामिछानेले ४ हजार ३ सय ८० मत प्राप्त गरेका थिए । १ हजार ३ सय ९३ मतान्तरले कोइरालाले विजयी हासिल गरेकी छन् । 

हरिनास गाउँपालिकाका ७ वटा वडामध्ये १ मा कांग्रेसका इन्द्रबहादुर गुरुङ, २ मा कांग्रेसकै चित्रबहादुर थापा, ३ मा एमालेका ओमप्रकाश सिग्देल, ४ मा एमाले कै सन्तबहादुर थापा, ५ मा कांग्रेसका निर्मल लम्साल, ६ मा एमालेका विरबहादुर राना र ७ मा एमालेकै भरत थापा विजयी भएका छन् । 

कालीगण्डकी गाउँपालिकामा ७ वडा मध्ये नेपाली कांग्रेसले ४ र एमालेले ३ वटा वडामा विजयी हासिल गरेका छन् । १ मा एमालेका कृष्ण्णबहादुर लामिछाने, २ मा नेपाली कांग्रेसका खगिसरा आले, ३ मा एमालेका देवेन्द्र थापा, ४ मा नेपाली कांग्रेसका यादवप्रसाद पाण्डे(सुन्दर), ५ मा कांग्रेसका रुकबहादुर गाहा, ६ मा एमालेका सुन्दर अधिकारी र ७ मा कांग्रेसका उमप्रकाश भट्टराई विजयी भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ