arrow

जोरायल गाउँपालिकामा पुनः एमाले दोहोरिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
uml-canided-doti.JPG

डोटी । डोटीको जोरायल गाउँपालिकामा पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरा पुनः निर्वाचित भएका हुन् ।

नेकपा (एमाले)का उम्मेदवार ओझा ३७ मतको अन्तरले मात्रै विजयी भएका हुन् । उपाध्यक्षमा एमालेकै उम्मेदवार बोहरा पनि थोरै मतान्तरले विजयी भएकी छन् ।

ओझा ३ हजार ४ सय ४९ मतसहित विजयी भएकी हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दीपक बहादुर विष्टले ३ हजार ४ सय १२ मत प्राप्त गरे । 

नेकपा (एकीकृत समाजवादी) का तर्फबाट अध्यक्षका उम्मेदवार किरण मल्लले एक हजार ६ सय ५९ मत प्राप्त गरेका छन् । राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उम्मेदवार रघुनाथ बस्तीले २७ मत मात्रै प्राप्त गरे । २०६४ को निर्वाचनमा पनि ओझा कांग्रेस उम्मेदवार विष्टसँगै निर्वाचन लडेका थिए ।

उपाध्यक्षमा बोहरा ३ हजार ५ सय ९९ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी चन्द्रा साउँद बोहराले ३ हजार ५ सय १७ मत प्राप्त गरे । नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपाध्यक्षका उम्मेदवार प्रेमा कुमारी ओलीले एक हजार ३ सय १७ मत प्राप्त गरेका छन् ।

६ वटा वडा रहेको जोरायल गाउँपालिकामा दुई वडा कांग्रेसले जितेको छ भने अन्य ४ वडामा एमाले विजयी भएको छ । वडा नं। १ मा एमालेका जगत बहादुर मल्ल, वडा नं। २ मा एमालेकै वीर बहादुर दर्लामी र वडा नं। ३ मा कांग्रेसका नवीन ओझा विजयी भएका हुन्।

 त्यस्तै, वडा नं। ४ मा एमालेका नन्दराज भट्ट, वडा नं। ५ मा कांग्रेसका ध्वज बहादुर देउवा र वडा नं। ६ मा एमालेका गणेश बहादुर बोहरा विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ