arrow

सङ्खुवासभाको खाँदबारी प्रमुखमा कांग्रेसका थपलिया

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
khadbari_nagarpalika_map.png

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया विजयी भएका छन् । 

उनले आठ हजार ३४ मत ल्याउनुभएकामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले पाँच हजार ५८९ मत ल्याए । घिमिरे २०४५ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको उपप्रमुख भएका थिए । 

उपप्रमखमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भइन् । 

उनले छ हजार ३८५ मत प्राप्त गरेकामा निकटम प्रतिद्धन्दी गठबन्धन तर्फबाट  माओवादी केन्द्रका दिब्यराज बरालले पाँच हजार १४७ मत प्राप्त गरे । 

खाँदबारीमा वडा नम्बर १,७,८,११ कांग्रेसले, वडा २, ३, ४, ५, ९ र १० नेकपा एमालले जितेको छ भने वडा नम्बर ६ मा माओवादीले जितेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ