arrow

कञ्चनपुरको बेलडाँडीमा कांग्रेसले ३० वर्षपछि फर्कायो गुमेको विरासत 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७९ जेठ २ सोमबार
kanchanpur-beldadi.JPG

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसले गुमेको विरासत ३० वर्ष पछि फिर्ता लिएको छ । आज केही बेर अघि सार्वजनिक मत परिणाम अनुसार बेलडाँडीमा नेपाली कांग्रेसले प्रमुख उपप्रमुख सहित ३ वडामा प्यानलै जित हात पारेको छ । 

२०४९ को निर्वाचन पछि कम्युनिस्ट मय बनेको बेलडाँडी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित जित हात पार्न कांग्रेसलाई ३० वर्ष लाग्यो । बेलडाँडी गाउँपालिकामा १, २ , ३ , र ५ वडामा नेपाली कांग्रेसले पुरै प्यानल सहित जित हात पारेको छ । 

पालिका प्रमुख पदमा कांग्रेस जिल्ला उपसभापति समेत रहेका हरिश्चन्द्र राना ४१०३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका अक्कल बहादुर विष्टले २३०१ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । माओवादीका ईश्वरी दत्त भट्टले १७६३ मत ल्याएर तेस्रो बनेका छन् । 

उप प्रमुखमा नेपाली कांग्रेसकी नेतृ शान्ति नाथले ३६७३ मत ल्याएर विजयी भएकी छिन । उनको निकटतम प्रतिस्पर्धी एमालेका फुल देवी रानाले ३२२७ मत ल्याएर दोस्रो र नेकपा माओवादीका कल्पना गिरी ९७१ मत ल्याएर तेस्रो बनेका छन् । 

बेलडाँडीको वडा नं १ मा कांग्रेसका गज बहादुर विष्ट , २ मा कांग्रेसका नारद सिंह उर्यालकाे पुरै प्यानल सहित , ३ मा कांग्रेसका दुर्गा प्रसाद चौधरी ,५ मा कांग्रेसका इन्द्र बहादुर खडका विजयी भएका छन् । 

 ४ मा एमालेका वीर बहादुर खडका विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ