arrow

मोदी भ्रमण: नेपाल-भारतबीच ६ वटा सम्झौतामा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
modi-deuba-limbini-visit.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएको दुईपक्षीय वार्ताका क्रममा विभिन्न ६ सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भएको दुईपक्षीय भेटवार्ताका क्रममा ६ सम्झौतामा हस्ताक्षर भएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको हो ।

प्रधानमन्त्री देउवा र मोदीबीचको भेटपछि दुवै देशका प्रतिनिधिमण्डलका सदस्यहरूबीच पनि द्विपक्षीय वार्ता भएको थियो । त्यसपछि दुईपक्षीय टोली दिवाभोजमा सहभागी भएको छ ।

२५ सय ६६ औं बुद्ध जयन्तीका दिन मोदी नेपाल आएका हुन् । उनलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । दुईपक्षीय भेटवार्ताअघि देउवा र मोदीले मायादेवी मन्दिरमा पूजा गरेका थिए । त्यसपछि बौद्ध बिहारको शिलान्यास गरेका थिए । त्यसपछि पवन होटलमा भेटवार्ता शुरु भएको थियो ।

भोजपछि मोदीले विशिष्ट तहका व्यक्तिहरूसँग भेटघाट गरेपछि पत्रकार सम्मेलनको कार्यक्रम रहेको छ । करिब साढे ३ बजे लुम्बिनीमा हालै बनेको ५ हजार जनाको क्षमता रहेको सभाहलमा आयोजित बुद्ध जयन्तीको मूल समारोहमा मोदी सहभागी हुनेछन् र सम्बोधन पनि गर्ने छन् । 

त्यसपछि आजै साँझ ५ बजे मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट भारतको कुशीनगर फर्किने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ