arrow

रेणुले घटाइन् मतान्तर, सुवेदीलाई पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
subedi-renu.jpg

चितवन ।  भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले मतान्तर घटाएकी छन् । सो स्थानमा एमालेका उम्मेदवार विजय सुवेदी ३८ मतले अगाडी रहेका छन् । रेणु दाहाललाई उछिन्दै अघि बढेका सुवेदीको मतान्तर ५० बाट घटेर ३८ मा पुगेको छ ।  

पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी रेणुले चार हजार ४१३ मत प्राप्त गरेकी छन् । विजय सुवेदीले चारा हजार ४५१ मत प्राप्त गरेका छन् । 

त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल पनि अघि बढ्दै छन् । पौडेलले एक हजार ९४० मत प्राप्त गरेका छन् । साथे विवेकशील साझा पार्टी प्रवीण काफ्लेले १४ मत पाएका छन् । 

उपप्रमुखमा नेपाली कांग्रेसका चित्र सेन अधिकारी ५ हजार १९२ मत सहित अग्र स्थानमा रहेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ