arrow

मोदीले भने: नेपाल-भारतका साझा विरासतलाई सँगै विकसित र समृद्ध गर्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
modi-deuba-lumbini.PNG

काठमाडौं । नेपालको लुम्बिनी भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा भाषण गर्दै सबैलाई बुद्ध पूर्णिमाको शुभकामना दिएका छन् । सोमबार २५ सय ६६ औं बुद्ध जयन्तीका दिन मोदी नेपाल भ्रमणमा आएका मोदीले सबैलाई बुद्ध जयन्तीको शुभकामना दिएका हुन् ।

मोदीले नेपाल बिना भगवान् राम पनि अधुरा रहने बताउँदै भारतमा राम मन्दिर बनिरहँदा नेपाली पनि उत्तिकै खुशी भएको बताएका छन् । मोदीले नेपाल सगरमाथाको देश, दुनियाँको अनेक पवित्र तीर्थस्थल र मठको देश, नेपाल दुनियाँका प्राचीन सभ्यता, संस्कृति रहेको देश भएको बताएका छन् ।

मोदीले नेपालीमै बोल्दै अघि भनेका छन्, ‘नेपाल आउँदा मलाई कुनै राजनीतिक भ्रमण भन्दा अलग एउटा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ ।

यस्तै उनले बुद्ध बोध, बुद्ध शोध, बुद्ध विचार र बुद्ध संस्कार भएको बताएका छन् । बुद्धले केवल उपदेश दिएको मात्र नभएर मानवतालाई ज्ञानको अनुभूति गराएको कारण उनी महान् बनेको मोदीले बताए ।

बुद्धले महान् वैभवशाली राज्य र चरम सुख सविधा त्याग्ने साहस गरेको स्मरण गराउँदै मोदीले निश्चितरुपमा उनको जन्म साधरण बालकको रुपमा नभएको बताएका छन् ।  बुद्धले प्राप्ती भन्दा बढी महत्व त्यागको हुने कुरा बताएको बताउँदै मोदीले बुद्ध सबैका र सबैका लागि भएको बताएका छन् । 

यस्तै मोदीले बुद्धले आफ्नो उज्यालो आफै बन्नुहोस् र मेरो कुरालाई पनि मसँगको आदरका रुपमा नलिएर त्यसको परीक्षण गरेर त्यसलाई आत्मसाथ गर्न भनेको बताए ।

यस्तै उनले बैशाख पूर्णिमाका दिन लुम्बिनीमा सिद्धार्थका रुपमा बुद्धको जन्म भएको र यसै दिन बोधगयामा बोध प्राप्त गरेर बुद्ध बनेको र यसैदिन कुशीनगरमा महापरनिर्वाण भएको बताउँदै उनले एकै दिन भगवान् बुद्धको जीवन यात्रामा यो संयोग मात्र नभएर यसमा बुद्धत्वको दार्शनिक सन्देश रहेको र जसमा जीवन ज्ञान र निर्वाण तीनै एकैसँग जोडिएको र यो नै मानव जीवनको पूर्णता भएको सन्देस दिएको मोदीले बताए ।

मोदीले आफ्नो जन्मस्थानमा गुजरातको वडनगरमा शदियौं पहिलो बौद्ध शिक्षाको ठूलो केन्द्र भएको र आज पनि त्यहाँ प्राचीन अवशेष फेला परिरेहको तीनको संरक्षण भइरहेको बताएका छन् ।

यस्तै मोदीले सारनाथ, बोधगयाँ र कुशीनगरबाट लिएर नेपालमा लुम्बीनीसम्मको यो पवित्र स्थान यो हाम्रो ९नेपाल भारतको० साझा विरासत र साझा मूल्यको प्रतिक भएको बताउँदै यो विरासतलाई सँगै मिलेर विकसित र समृद्ध गर्नुपर्ने बताएका छन् ।

यस्तै मोदीले इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिस्ट कल्चनर एण्ड हेरिटेसनकोको शिलान्यास गरेको र यसलाई इन्टरनेशनल बुद्धिस्ट कन्फिडिरेसन अफ इन्डियाले निमार्ण गर्ने बताएका छन् । यसमा प्रधानमन्त्री देउवाले नेपाल सरकाकातर्फबाट जमिन दिने निर्णय गरेको र योजना पूरा गर्न पनि पूरा सहयोग गर्ने भएकोमा आभार व्यक्त गरे ।

यस्तै उनले नेपालले बुद्ध सर्किट र लुम्बिनीको विकासको सबै प्रयासमा सहयोग गरिरहेको र विकासको सबै सम्भावना साकारा गरिरहेको बताएका छन् । यस्तै आज नै नेपालमा लुम्बिनी बुद्धिस्ट युनिभर्सिटीमा डाक्टर बाबासाहेब अम्बेडकर चेयर फर बुद्धिस्ट स्टडिज स्थापना गर्ने निर्णय भएको समेत मोदीले बताएका छन् ।

मोदीलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । मोदीको नेपाल भ्रमणका क्रममा भएको दुईपक्षीय वार्ताका क्रममा विभिन्न ६ सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सोमबार भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भएको दुईपक्षीय भेटवार्ताका क्रममा ६ सम्झौतामा हस्ताक्षर भएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको हो ।

प्रधानमन्त्री देउवा र मोदीबीचको भेटपछि दुवै देशका प्रतिनिधिमण्डलका सदस्यहरूबीच पनि द्विपक्षीय वार्ता भएको थियो । दुईपक्षीय भेटवार्ताअघि देउवा र मोदीले मायादेवी मन्दिरमा पूजा गरेका थिए र त्यसपछि बौद्ध बिहारको शिलान्यास गरेका थिए । त्यसपछि पवन होटलमा भेटवार्ता शुरु भएको थियो ।

मोदी भारतीय वायु सेनाको हेलिकोप्टरबाट भारतको कुशीनगर फर्किएका छन् । 

मोदी बिहान १०ः३४ बजे लुम्बिनी ओर्लेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ