arrow

मुगुको कार्मारोङ्ग पालिका अध्यक्षमा लामा पुन: निर्वाचित

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७९ जेठ २ सोमबार
chirin-lama-nugu.JPG

मुगु । मुगुका ४ वटा स्थानीय तहमध्ये मुगुम कार्मारोङ्ग गाँउपालिकाको मत गणना गर्ने कार्य सम्पन्न भएको छ । 

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार छिरिङ क्याप्ने लामा विजयी भएका छन् । उनले १५७१ मत प्राप्त गरी विजयी हुँदै गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका सोनाम लामाले १४८१ प्राप्त गरेका थिए । 

उपाध्यक्षमा नेकपा एमालेबाट छिरिङ फुटिक लामाले १५६१ मत ल्याएर विजयी भएका छन् भने उनको निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका गुरु स्याङ्गयाप लामाले १३८५ मत ल्याउँदै पराजित भएको निर्वाचन अधिकृत तारा प्रसाद पोखरेलले जानकारी गराए ।

अध्यक्षले ९० मत र उपाध्यक्षले १७६ मतको अन्तरले निकटतम प्रतिस्पर्धी लाई पराजित गरेका हुन् ।

अध्यक्षमा निर्वाचित लामा २०७४ सालको स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट अध्यक्षको उम्मेदवार हुँदै निर्वाचित भएका थिए । निर्वाचितसंर्गै यो उनको दोस्रो कार्यकाल रहनेछ ।

गाउँपालिकाका ९ वडाहरू मध्य ५ वडामा नेपाली काँग्रेस र ४ वडामा नेकपा एमालेले जित हासिल गरेका छन् । यो गाउँपालिकामा ४ हजार ३१ मतदाता रहेका थिए । 

जिल्ला अन्य १ नगरपालिका र २ गाउँ पालिकाहरूमा मत गणना जारी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ