arrow

गोदकमा ३१ बर्षपछि कांग्रेसले जित्यो, दिलीप बने वडाध्यक्ष

बहुदलपछि पहिलो पटक गोदकमा कांग्रेस, एमालेको गढ भत्कियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
omnath-dilip.jpg

इलाम । इलामको गोदकमा दिलीप प्रधान 'ओमनाथ' विजयी भएका छन् । इलाम नगरपालिका वडा नं. १० को वडाध्यक्षमा दिलीप विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार रोम लुङ्गेलीलाई ३६० मतले पछिपर्दै गोदकको वडाध्यक्ष बनेका छन् । 

दिलीपले एक हजार ४०८ मत प्राप्त गरेका छन् भने लुङ्गीलेले एक हजार ४८ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा दिलीपसहित गोदकमा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । 

विगतमा सो स्थानमा एमालेले जित्दै आएको थियो । ३१ वर्षदेखि सो स्थानमा एमालेले एकछत्र राज गरेको थियो । दिलीपको जितसँगै एमालेको गढ भत्किएको छ ।

'२०४८ को बहुदलपछि कांग्रेसले जितेको थिएन ।' यो ऐतिहासिक घटना भएको कांग्रेसकै एक स्थानीय नेता बताउँछन् ।

स्थानीय तह निर्वाचन २०७४ मा पनि एमालेबाट रोम लुङ्गेली नै वडाध्यक्ष बनेका थिए । उनले नेपाली कांग्रेसका उम्मेदवार रिखीलाल गौतमलाई २४० मतान्तरले जितेका थिए ।

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको क्षेत्र रहेको गोदकमा समाजवादीले कांग्रेससँग तालमेल गरेको थियो । 

लुङ्गीलेले आर्थिक पारदर्शिता तथा पार्टीका व्यक्ति मात्र च्याप्ने गरेपछि गोदकका स्थानीयले असन्तुष्टि पोख्दै आएका थिए । फलस्वरूप लुङ्गेलीको विकल्पमा दिलीपलाई रोजेको बुझ्न सकिन्छ ।

दिलीप गोदकमा कुनै पनि पार्टीगत व्यवहार नराखी निष्पक्ष व्यवहार गर्ने र भ्रष्टाचार मुक्त बनाउने बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ