arrow

एक सय ९६ पालिकाको परिणाम आयो, कांग्रेस पालिका प्रमुखमा शतक नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
congress-uml-maobadi-as-jasapa.jpg

काठमाडौं । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । ७५३ तहको निर्वाचन र त्यसपछिको मतगणना भइरहँदा अहिलेसम्म एक सय ९६ पालिकाको छिनोफानो भएको छ । 

मतपरिणामअनुसार नेपाली कांग्रेसले भारी अग्रता लिएको छ । कांग्रेसले ८७ पालिका प्रमुख जितेको छ । मंगलबार यो संख्या शतक नाघ्ने निश्चित छ । नेकपा एमालेले ५८ पालिका प्रमुख जितेको छ । 

तेस्रो स्थानको माओवादी केन्द्रले ४२ पालिका प्रमुख जितेको छ । अन्यले ५ पालिका प्रमुख जित्दा नेकपा एकीकृत समाजवादीले ३ पालिका प्रमुख जितेको छ । जनता समाजवादी पार्टी नेपालले १ पालिका जितेको छ । 

कांग्रेस २२८ पालिकामा अगाडि छ । त्यस्तै एमाले १२३, माओवादी ७६, अन्य २२, नेकपा एकीकृत समाजवादी १७, जनता समाजवादी पार्टी जसपा २९ तथा लोकतान्त्रिक समाजवादी पार्टी ११ स्थानमा अगाडि छ । 

उपप्रमुखमा पनि कांग्रेस शतक नजिक पुगेको छ । कांग्रेसले ८९ सिट जित्दा १८७ मा अगाडि रहेको छ । एमालेले ५६ सिट जित्दा १५७ सिटमा अग्रता लिएको छ । 

माओवादी केन्द्रले ३७ सिट जित्दा ९० सिटमा अगाडि छ । एकीकृत समाजवादीले ८ सिट जित्दा १६ मा अगाडि रहेको छ । अन्यले ४ सिट जित्दा १८ मा अगाडि छ । 

जनता समाजवादी पार्टी जसपाले २ सिट जित्दा २७ सिटमा अगाडि छ । त्यस्तै लोसपा ९ सिटमा अगाडि रहेको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा ९ सिटमा अगाडि छ । 

महानगरपालिकाको भिडन्त रोचक देखिएको छ । यो लिंकमा विस्तृतमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ