arrow

सर्लाहीको ब्रह्मपुरीमा कांग्रेसको क्लिनस्विप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
nepali-congress-flag-tree00.jpg

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्वीप गरेको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सबै सदस्य पदहरू जित्दै सबै दल क्लिनस्वीप गरेको हो । 

अध्यक्षमा रामपदारथ साह ४ हजार ६६८ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका विनोद कुमार साहले ३ हजार २७१ मत पाएका छन् । अध्यक्षमा पराजित साह गाउँपालिकाको निवर्तमान अध्यक्ष थिए । 

यस्तै, उपाध्यक्षमा कांग्रेसकी श्यामकला यादवले ४ हजार ६१० मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीकी गीता देवी रायले ३ हजार ३११ हजार प्राप्त गरिन् । 

यस्तै, ब्रह्मपुरी गाउँपालिका वडा नं. १ मा निरञ्जन प्रसाद कलवार, वडा नं. २ मा शङ्कर साह तेली, वडा नं. ३ मा गौतम कुमार यादव, वडा नं. ४ मा श्याम प्रसाद साह, वडा नं. ५ मा नवीन कुमार यादव, वडा नं. ६ मा हिरेन्द्र कुमार यादव र वडा नं. ७ मा रामसागर महतो कोइरी निर्वाचित भएका छन् ।
 



नयाँ