arrow

भरतपुरमा अग्रता लिने होड, यस्तो छ मतपरिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
subedi-renu.jpg

चितवन । भरतपुर महानगरपालिकाको मतगणना जारी छ । मङ्गलवार बिहानसम्ममा १७ हजार ३४ मत गणना भएको जानकारी छ । 

नेकपा माओवादी केन्द्र बाट उम्मेदवार बनेकी रेणु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीचको प्रतिस्पर्धा चलिरहेको छ । रेणु दाहाललाई सुवेदीले कडा टक्कर दिइरहेका छन् । दुई उम्मेदवार बिच अग्रता लिने होड चलेको छ । 

१७ हजार ३४ मत गणना हुँदा रेणु तीस मतले अगाडि छिन् । उनले ५ हजार ७१३ मत ल्याएकी छिन् भने सुवेदीले ५ हजार ६८८ मत ल्याएका छन् । नेपाली कांग्रेसका विद्रोही जगन्नाथ पौडेलले २ हजार ७८८ मत ल्याएका छन् । 

त्यस्तै उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी रहेका छन् । उनले ६ हजार ९८५ मत ल्याएका छन् । 



नयाँ