arrow

आज कहाँ–कहाँ भइरहेछ मतदान ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
local-level-election-2079.jpg

काठमाडौं । ३० बैशाखमा स्थगित भएका क्षेत्रमा पुनः मतदान भइरहेको छ । सोमबार केही क्षेत्रमा मतदान भएकोमा आज काभ्रे, कञ्चनपुर, बाजुरा र अछाममा मतदान भइरहेको छ । 

निर्वाचन आयोगका अनुसार काभ्रेको पाँचखाल नगरपालिका(१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका १० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिका ८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिका ५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान भइरहेको छ । 

मंगलबार तनहुँको व्यास नगरपालिका ८ को भवन फेदी मतदान केन्द्रमा पुनः मतदान भइरहेको छ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ