arrow

सल्यानको शारदामा कांग्रेस र कपुरकोटमा समाजवादी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
salyan_district_map.png

सल्यान । सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस प्रकाश भण्डारीले छ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले चार हजार ५२२ मत प्राप्त गरेका छन् । शारदा नपामा यसअघि पनि दुवै पदमा कांग्रेस विजयी भएको थियो । 

नगरपालिकाभित्रका १५ वडामध्ये कांग्रेसले आठ वडाध्यक्ष, एमालेले पाँच र माओवादी र समाजवादीले एक–एक वडाध्यक्ष जितेका छन् ।

यस्तै कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका दुर्गा पुनले तीन हजार १६० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले दुई हजार ९३६ मत प्राप्त गरेका छन् ।

 यसैगरी उपाध्यक्षमा माओवादीका प्रकाश भण्डारीले तीन हजार २४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीम बुढाथोकीले दुई हजार ७४५ मत प्राप्त गरेका छन् । छवटा वडा रहेको कपुरकोटमा तीन वडामा एमाले, एक वडामा कांग्रेस, एक वडामा माओवादी र एक वडामा राप्रपा विजयी भएका छन् । 

दश वटा स्थानीय तह रहेको जिल्लामा हालसम्म पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने पाँच तहमा मतगणना भइरहको छ । हालसम्मको मतपरिणाम अनुसार कालीमाटी र छत्रेश्वरी गाउँपालिकामा एमाले र वागचौर , वनगाड कुपिण्डे नगरपालिका सहित र दार्मा गाउँपालिकामा माओवादीको अग्रता कायम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ