arrow
ADVERTISEMENT

सिन्धुपाल्चोकको मतपरिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
Sindhupalchok-hamrakura.jpg.jpeg

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले सात हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गरे ।

यसैगी उपप्रमुखमा कांग्रेसका मन्जु तामाङले छ हजार ९७७ मत प्राप्त गरी  निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी एमालेका सुशीला पाख्रिनले पाँच हजार ९९० मत प्राप्त गरेकी थिइन् । 

बलेफिमा माओवादी विजयी
बलेफी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गङ्गाबहादुर तामाङले चार हजार ६६६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका सुवास तिमल्सिनाले  चार हजार १०५ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु लामा तामाङले चार हजार ३९४ मत ल्याएर विजयी भए । 

हेलम्बुमा कांग्रेस विजयी भएको छ । पाँचपोखरी, इन्द्रावती र मेलम्चीमा एमाले र चौतारा नगर, लिसङ्खुपाखर, जुगलमा माओवादी  अघि छ । सुनकोसी, त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस अघि छ ।

भोटेकोसीमा कांग्रेस विजयी
भोटेकोसी गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका पासाङनोर्बु लामा दुई हजार ६०५ मत र उपाध्यक्षमा दुई हजार ७१२ मत ल्याएर दिछेन शेर्पा विजयी भएका छन् ।

उनहरुका निकटतम प्रतिस्पर्धी एमालेका अमृत खड्का दुई हजार ४८ र सुन्तलीमाया श्रेष्ठले दुई हजार ५५३ मत प्राप्त गरेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ