arrow

देउवा र मोदीद्वारा संयुक्त रूपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
deuba-modi-bhoomi-puja-lumani.jpg

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा  र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लुम्बिनीमा ‘इण्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज’को संयुक्त रूपमा शिलान्यास गरेका छन्।

सेन्टरको निर्माणपछि दुई देशबीचको सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ।

भारतीय प्रधानमन्त्री मोदी बिहान भारतीय वायु सेवाको हेलिकप्टरमा लुम्बिनी आएका हुन्। त्यहाँ उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए। देउवा र मोदीले मायादेवी मन्दिरमा एकसाथ प्रार्थना गरेका थिए। त्यसपछि उनीहरूले सेन्टरको शिलान्यास गरेका हुन्।

‘लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु,’ मोदीले ट्विटरमा लेखेका छन्, ‘नेपाल आइपुगेको छु। बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भुत जनताहरूमाझ हुन पाउँदा खुसी लागेको छ। लुम्बिनीमा हुने कार्यक्रमहरूमा सहभागी हुने अपेक्षामा छु।’

भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। लुम्बिनीमा ६ घण्टा बिताएर उनी आजै स्वदेश फर्कने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ