-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा १८ जना कोभिड१९बाट निको भएका छन् ।
३५६५ पीसीआरबाट परीक्षण गर्दा १८ र ६३२ एन्टीजेन विधिबाट गरिएका नमुना परीक्षणमध्ये १ जनामा संक्रमण पुष्टि भएको हो ।
कुल ४ हजार १ सय ९७ जनाको नमुना परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या १४९ रहेको छ ।