arrow

नेपालका लागि नयाँ भारतीय राजदूतमा श्रीवास्तव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
nabin-sriwastav-india.jpg

काठमाडौं । नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई राजदूत नियुक्त गरिएको औपचारिक जानकारी दिएको हो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको एक दिनपछि विदेश मन्त्रालयले श्रीवास्तवलाई नियुक्तिको घोषणा गरेको हो। श्रीवास्तव १९९३ ब्याचका भारतीय विदेश सेवा, हाल एमईएमा अतिरिक्त सचिवको रूपमा सेवा गरिरहेका छन् । 

भारतीय विदेश मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ