arrow

जलजलामा कांग्रेसका आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
Jaljala_Gaunpalika.png

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित भएका छन् । 

मोहनचोकस्थित जलजला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मंगलवार सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षमा कांग्रेसका राजुप्रसाद आचार्य र उपाध्यक्षमा माओवादीका दीपक आचार्य (आकाश) विजयी भएका छन् । 

अध्यक्षमा निर्वाचित राजुले पाँच हजार ६५७ र उपाध्यक्षमा निर्वाचित दीपकले चार हजार ७९२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा एमालेका लालबहादुर अधिकारीले चार हजार १८४ र उपाध्यक्षमा एमालेकी सुनिता वरुवालले चार हजार ७१५ मत पाएका छन् । 

उपाध्यक्षमा ७७ मतले वरुवाललाई आचार्यले पराजित गरेकी हुन् । जलजलाको नौ वटामध्ये पाँच वटामा एमाले, दुई वटामा कांग्रेस र दुई वटा वडामा एमालेले जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ