arrow

मकवानपुरगढीमा स्याङ्तान र पाख्रिन विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
makwanpur-gadi.JPG

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धन तर्फका अध्यक्षमा नेपाली कांग्रेसका दोर्जेलामा स्याङ्तान र उपाध्यक्षमा माओवादीकी मानकुमारी पाख्रिन विजयी भएका हुन् ।

मङ्गलवार सम्पन्न अन्तिम मत परिणाम अनुसार स्याङ्तानले ६७६७ मत ल्याई अध्यक्षमा विजयी भएका छन् भने उनका निकटतम नेकपा एमालेका उम्मेदवार विदुर हुमगाईँले ५६४५ मत ल्याए । स्याङ्तानले हुमागाईँलाई १०६१ को मतान्तरमा जित हाँसिल गरेका हुन् ।

त्यस्तै पालिकाको उपाध्यक्षमा मानकुमारी पाख्रिन (नेपाली) ले ६११० मत प्राप्त गरी विजयी भएकी छिन् । एमालेकी उपाध्यक्षकी उम्मेदवार सन्तु थिङले ५२०४ मत प्राप्त गर्दा ९०६ मतको अन्तरमा पाख्रीनले विजयी हासिल गरेकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ