arrow

हेटौंडामा रोचक प्रतिस्पर्धी : समाजवादीलाई राप्रपाले पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
meyar-mmmmmm.jpg

हेटौंडा। हेटौंडा उपमहानगरपालिकामा गठबन्धनकी उम्मेदवार मिना कुमारी लामा अगाडि रहेकी छन् । मेयर पदका लागि नेकपा समाजवादीकी लामा २६२ मतले अगाडि रहेकी हुन् । यहाँ मेयरका लागि रोचक प्रतिस्पर्धी भइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा दोस्रो र नेकपा एमालेका उम्मेदवार तेस्रो स्थानमा रहेका छन् ।

ताजा मत परिणाम अनुसार उम्मेदवार लामाले ९ हजार ३ सय ७५ मत ल्याएकी छन् । लामालाई राप्रपाका दीपक बहादुर सिंहले पछ्याइरहेका छन् । राप्रपाका सिंहले ९ हजार १ सय १३ मत ल्याएर दोस्रो स्थानमा छन् । भने एमालेका अनन्त पौडेल ७ हजार ९ सय ५५ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । 

त्यस्तै हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा भने गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँ अगाडि रहेका छन् । उनले  १३ हजार ४९९ मत पाएका छ । उनलाई पछ्याउँदै एमालेकी सुमित्रा काफ्लेले  ९ हजार १३ मत ल्याएकी छन् । साथै राप्रपाकी  इन्दिरा न्यौपानेले २ हजार ११३ मत ल्याएकी छिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ