arrow

चितवनमा रेणुको मत बढ्यो, एमालेका सुवेदी पछि परे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
subedi-renu.jpg

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल अगाडि रहेकी छिन् । 

हालसम्मको मतपरिणाम अनुसार पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी रेणुले ९ हजार ४०५ मत ल्याएकी छिन् । 

दोस्रो स्थानका नेकपा एमालेका विजय सुवेदीले ८ हजार ३७ मत ल्याएका छन् । यो अवस्थासम्ममा रेणुले १३ सय ६४ मतान्तरले अघि बढेकी छन् । 

नेपाली कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार २४८ मत ल्याएका छन् । 

उपप्रमुखमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो अग्रता बनाएका छन् । उनले ११ हजार १९६ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ६ हजार ५४८ मत ल्याएकी छिन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ