arrow

काठमाडौंमा राप्रपाको इन्ट्री, शङ्खरापुरको मेयर बने नापित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
rpp-julus-2022.jpg

काठमाडौं ।काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फर्किएको छ । विसं २०७४ पछि राप्रपाले राजधानीमा पहिलो पटक जीत हासिल गरेको हो । 

शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राप्रपाका रमेश नापित विजयी भएका छन् । नापितले चार हजार ७०० मत पाएका छन् । विसं २०७४ को निर्वाचनमा राजधानीमा राप्रपाले स्थानीय तहको प्रमुखमै जीत हासिल गर्न सकेको थिएन ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले चार हजार २०२ मत प्राप्त गरेका छन् । 

नेकपा (एमाले)का कृष्णलाल बजगाईँले तीन हजार ६२२ मत पाए । नेकपा (माओवादी केन्द्र)का मधु केसी नीरजले दुई हजार २२२ मत पाएका छन् । जनता समाजवादी पार्टीले भने ९२ मत मात्र प्राप्त गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ