arrow

तीर्थयात्रामा गएको बेला घरमा लुटपाट गरी आगजनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
lutoat-aajlagi.JPG

जनकपुर । अज्ञात समूहले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ को एक घरमा लुटपाट गरी आगजनी गरेको छ ।  उपमहानगरपालिका वडा नम्बर ४  कटैया चौरी स्थित अजय साहको घरमा लुटपाट गर्दै आगजनी गरेको पीडित साहले जानकारी दिए।

 साहको घर रहे पनि मनरा शिस्वा  नगरपालिका वडा नम्बर ९ बथनाहाका राजकुमार झा परिवार सहित बस्दै आएका थिए ।  आगजनीमा परी ३ वटा एसी, फ्रिज,लुगा फाटो, अलिराम, सोफा सेट,एलईडी लगायतका सम्पूर्ण सामानहरू जलेर नष्ट भएका छन् । आगजनीमा कोठाको झ्याल , ढोका भेन्टिलेटर लगायतका सामानहरू समेत जलेर नष्ट भएको छ।

आगजनी अघि अज्ञात समूहले मेडिकल व्यवसायी झाको डेढ लाख नगद , पाँच तोला सुनको गहना , १० तोला चाँदीको गहना तथा केही अन्य सामानहरू चोरेर लगेको छ ।  घटना अबेर  राती भए पनि बुधवार बिहान मात्रै स्थानीयवासीले देखे पछि झाको परिवारजनलाई खबर गरेका थिए ।
 
झा अहिले भारत तर्फ तीर्थयात्रामा गएको बेला घरमा कोही नरहेको समयमा बाहिर ग्रीलको ताल्चा काटेर भित्र पट्टि फ्ल्याटको ढोका तोडेर लुटपाट मच्चाउँदै आगजनी गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यस प्रकारको घटना हुँदा पनि प्रहरीले सुरक्षा व्यवस्थामाथि प्रश्न चिन्ह उठेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ