arrow

पोखरामा ३९ हजार मतगणना, धनराजको अग्रता फराकिलो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
Dhanraj_Acharya.jpg
फाइल तस्वीर

पोखरा । पोखरा महानगरपालिकाको मतगणना जारी छ । हालसम्म ३९ हजार ३१३ मतगणना भएकोमा धनराज  आचार्यले अग्रता लिएका छन् । 

एमालेका कृष्ण थापा भन्दा आचार्य दुई हजार २५ मतले अगाडि छन् । पोखरामा हालसम्म १० वटा वडाका मतगणना सम्पन्न भएका छन् भने पाँच वटा वडामा मतगणना जारी छ । जसमा आचार्यले १६ हजार ४१९ र थापाले १४ हजार ३८४ मत प्राप्त गरेका छन् । 

मेयर पदमै राप्रपाका शंकर खरालले १६ सय ८३ र स्वतन्त्रका गनेस पौडेलले ८९६ मत प्राप्त गरेका छन् ।

यता, उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १६ हजार ६६५ मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन् । उनी एमालेकी मञ्जुदेवी गुरुङभन्दा २६७ मतान्तरले अघि छन् । गुरुङले १६ हजार ३९८ र राप्रपाकी रञ्जना सेनले १६ सय २१ मत प्राप्त गरेकी छन् ।

पोखरामा १० वटा वडामा मतगणना सम्पन्न भएकोमा २ वटा वडामा मात्रै नेकपा एमाले विजयी भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ