arrow

धरानमा मतगणना स्थगित, सुरक्षाका लागि सेना परिचालन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
nepali-army-local-election-2079.jpg
फाइल तस्बिर

धरान। सुनसरीको धरानमा विवादको कारण मतगणना स्थगित भएको छ। वडा नम्बर २० को मतगणना भइरहँदा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षर बिना भेटिएपछि स्थगित भएको हो । उक्त मतपत्र रद्द गर्ने निर्णयले वडा नम्बर २० मा माओवादी केन्द्र पराजित भएपछि विरोध सुरु भएको छ।

अहिले माओवादी केन्द्रका कार्यकर्ताले मतगणना स्थल निर्वाचन अधिकृतको कार्यालयअघि प्रदर्शन गरिरहेका छन् । जसका कारण सबै वडाको मतपत्र स्थगित भएको छ ।

माओवादी कार्यकर्ताले जनताले अभिमत दिएको मतपत्रले मान्यता पाउनुपर्ने माग गरेका छन् । मतदान अधिकृतलाई कारबाही गर्नुपर्ने उनीहरू माग  छ । साथै पुनः मतदान हुनुपर्ने पनि उनीहरूले बताएका छन् ।

उक्त वडामा नेपाली काँग्रेसले ४ मतले वडा अध्यक्ष जितेको छ । तर, १८ मत मध्ये धेरै माओवादी केन्द्रले आफ्नो मत रहेको र आफ्नो पार्टीको जित हुने दाबी गरेको छ ।

केही बेरअघि सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकले कानुन बमोजिम मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र रद्द हुने निर्णय भएको थियो । नेपाली काँग्रेसले जिते पनि निर्वाचन परिणाम घोषणा भएको छैन । अहिले मतदान स्थलमा नेपाली सेनासमेत खटाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ