arrow

फ्रान्कफर्टलाई युरोपा लिगको उपाधि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
frankfurt-europa-league.jpg

काठमाडौं । इङ्गलिश क्लब रेन्जर्सलाई पेनाल्टीमा हराउँदै जर्मन क्लब फ्रान्कफर्टले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५–४ अन्तरले हराउँदै फ्रान्कफर्ट च्याम्पियन बनेको हो । 

खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टीमा भएको थियो । फ्रान्कफर्ट सन् १९९७ पछि युरोपा लिग जित्ने पहिलो बुन्डेसलिगा क्लब बनेको छ । 

यसअघि खेलको ५७औं मिनेटमा जोइ अरिबोले गोल गर्दै रेन्जर्सलाई अग्रता दिलाए ।६९औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै फ्रान्कफुर्टलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ