arrow

जनकपुरधाममा को बन्ला मेयर ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
manoj-sahaj.jpg

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका विद्रोही उम्मेदवार मनोजकुमार साह अग्रता कायमै राखेका छन् । उम्मेदवार साहले आफ्नो अग्रता बढाउँदै लगेका छन् । 

साहले पाँच हजार ६१ मत प्राप्त गरेका छन् । एमालेका शिवशङ्कर साह तीन हजार २३१ मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी एक हजार ४८८ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ४०८ मतका साथ चौथो स्थानमा रहेका छन् । 

निवर्तमान नगरप्रमुखसमेत रहेका गठबन्धनका लालकिशोर साह एक हजार २८३ मतका साथ पाँचौँ स्थानमा छन् । 

उपप्रमुखमा कांग्रेसका किशोरी साहले अग्रता कायम राखेकी छन् । उनले पाँच हजार ३९५ मत प्राप्त गरेका छन् । 

एमालेका रुना झाले तीन हजार ५६४ मतका साथ उनलाई पछ्याइ रहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ