arrow

म्याग्दीको अन्नपूर्णमा एमालेका पुरानै अनुहार दोहोरिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
local-level-election-000.jpg

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । 

पोखरेबगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज सम्पन्न मतगणनाको नतिजाअनुसार अध्यक्षमा भारतकुमार पुन र उपाध्यक्षमा दिवाकुमारी तिलिजा पुनः निर्वाचित भएका हुन् । 

निर्वाचन अधिकृत जानुका सुवेदीका अनुसार अध्यक्षमा विजयी पुनले चार हजार ५८ र उपाध्यक्षमा निर्वाचित तिलिजाले चार हजार १५ मत पाएका छन् । कांग्रेसका बलबहादुर तिलिजाले गाउँपालिका अध्यक्षमा तीन हजार ३१६ र उपाध्यक्षमा ललिता तिलिजाले तीन हजार ३५८ मत पाएकी छन् । 

बाह्र हजार २६ मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा ६४ प्रतिशत अथवा सात हजार ८०३ मत खसेको थियो । निर्वाचित हुने ४२ पदका लागि ९८ उम्मेदवार चुनावी मैदानमा थिए । आठ वडा रहेको अन्नपूर्णमा एमालेले पाँच र कांग्रेसले तीन वडा अध्यक्ष जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ