arrow

नेपालगन्जमा कांग्रेसका प्रशान्त जिततर्फ लम्किँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
prasant.JPG

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा प्रशान्त विष्ट भारी मतका साथ अग्रस्थानमा छन् । हालसम्म १७ वडाको मतगणना सकिँदासम्म विष्ट १६ हजार ५५९ मतका साथ अग्रस्थानमा छन् ।

उनलाई पछ्याइरहेका एमालेका पशुपतिदयाल मिश्रले ८ हजार ५० मत पाएका छन् । विष्टले ८ हजार ५०९ मतान्तरले लिड गरेका छन् । तेस्रो स्थानमा रहेका नन्दलाल वैश्यले ६ हजार ३८५ मत पाएका छन् । 

यस्तै उपमेयरमा जसपाका कमरुद्दिन राई १२ हजार ५४३ मतका साथ अगाडि छन् । उनलाई पछ्याइरहेकी राप्रपाकी विन्दु चर्ती मगरले ८ हजार ४३१ मत ल्याएकी छन् । उनीहरूको मतान्तर ४ हजार १२२ छ ।

 एमालेकी शान्तिदेवी ढकालले ७ हजार ४०१ मत पाएकी छिन् । अहिले नेपालगञ्जका वडा नम्बर १२, १३, १५ र १६ को मतगणना जारी छ । वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १७, १९, २०, २१, २२ र २३ को मतगणना सम्पन्न भइसकेको छ । वडा नम्बर १८ को गणना सकिएको छ । तर, सार्वजनिक भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ