arrow

चन्द्रागिरीमा फेरि जिते घनश्याम गिरीले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
ghanashyam-giri-chandragiri.jpg
तस्बिर– फाइल

काठमाडौं । चन्द्रागिरी नगरपालिकामा फेरि नेपाली कांग्रेसका घनश्याम गिरी विजयी भएका छन् । लगातार दोस्रो पटक मेयरमा निर्वाचित भएका गिरीले निकटतम प्रतिस्पर्धी एमालेका उत्तरबहादुर राउतलाई हराए । 

गिरीले १५ हजार ४७५ मत ल्याएका छन् । त्यस्तै राउतले १४ हजार ६५१ मत ल्याए । उपमेयर भने एमालेले जितेको छ । उपमेयरमा एमालेकी बसन्ती श्रेष्ठ विजयी भइन् । उनले गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवारलाई फराकिलो अन्तरले हराइन् । बसन्तीले १५ हजार ५६१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धीले ४ हजार ४५९ मत ल्याइन् । 

यसअघि धेरै वडा जित्न नसकेको कांग्रेसले यसपालि १५ मध्ये नौ वडा पनि जितेको छ । 

जितपछि मेयर गिरीले मूख्य तीन काममा पहिले आफूले थालेका कामको निरन्तरता, सम्पूर्ण पूर्वाधार पूरा गर्ने र उक्त क्षेत्रबाट कामका लागि विदेसिएकालाई स्वदेश फर्काउन २०–२५ हजार मासिक कमाउने वातावरण बनाउने लगायतका काम गर्ने बताएका छन् । 

उनले प्रविधिमा आधारित रहेर सेवा दिने पनि बताउँदै आएका छन् । 

बहुमत नहुँदा पनि आफूले राम्रो काम गरेको भन्दै गिरीले अब झन् सशक्त भएर अगाडि बढ्ने बताएका छन् । उनी सुशासन कायम गर्ने सबैभन्दा अब्बल नगरपालिकाका मेयरसमेत घोषित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ