- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाल प्रेस युनियन डोटीले `कलम´ उपहार दिएको छ। बिहीबार सिलगढीमा युनियनले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा जनप्रतिनिधिहरूलाई उपहार स्वरूप कमल दिएको हो।
पाँच वर्षको कार्यकालमा स्थानीय सरकारको अनुभूति दिने खालका कार्यक्रम टिपोट गरे नमुना स्थानीय तहको रूपमा चिनाउन कलम उपहार दिएको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए । उनले भने ,`विगतमा धेरै जसो स्थानीय तहमा मौखिक रूपमा योजना निर्माण हुँदा कार्यान्वयनमा ढिला सुस्ती हुनुका साथै भ्रष्टाचार मौलायो। अब निर्वाचित जनप्रतिनिधिहरूले लिखित रूपमा टिपोट गरेर जनभावना अनुरूप काम गर्नको लागि साङ्केतिक रूपमा कलम उपहार दिएका हौँ ।´
बमले थपे,´ “घरघरमा सिंहदरबार” को परिकल्पनालाई साकार पार्न र सङ्घीय तथा प्रदेश सरकारका कार्यक्रम वास्तविक लाभग्राही जनतामाझ पुर्याउन समेत स्थानीय तहले भूमिका निर्वाह गर्नु पर्दछ । प्रेस स्वतन्त्रता अभिव्यक्ति, तल्लो तहका जनताको जीविका र दैनिकीसँग जोडिएका स्थानीय सेवाको व्यवस्थापन, स्थानीय सड क, ग्रामीण सडक, कृषि सडक, सिँचाई जस्ता पूर्वाधार होस् वा स्थानीय मेलमिलाप र मध्यस्थकर्ता विषयमा स्थानीय सरकार सञ्चालन ऐन अनुसार काम गर्न सुझाए।´
नवनिर्वाचित दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख बाजि सिं खड्का `विजय´ ले युनियनले दिएको बधाई सम्मान तथा कमल उपहारले जिम्मेवार बनाएको बताए । उनले भने ,´सङ्घीयताको मर्म तथा स्थानीय सरकार सञ्चालन ऐन अनुरूप कामकारबाही अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।´ त्यस्तै सोही कार्यक्रम नवनिर्वाचित शिखर नगर पालिकाका नगर प्रमुख दीर्घ बलायरले संविधानले दिएको जिम्मेवारीको भारीलाई सही रूपमा पुरा गर्दै सङ्घीयताको मर्म अनुरूप स्थानीय विकासको नेतृत्व लिएर सङ्घ र प्रदेशसँग समन्वय गरी अघि बढ्ने बताए । सोही कार्यक्रममा बोल्दै पूर्वी चौकीगाउँ पालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले स्थानीय माग, आवश्यकता र प्राथमिकताको सही पहिचान, अर्थात् ‘बटम अप एप्रोच’ को वास्तविक अभ्यास स्थानीय तहमा देख्न सकिने उनले बताए । मिडिया मैत्री स्थानीय सरकार बनाउन आफ्नो पहल रहने उनले बताए ।
सोही कार्यक्रममा बोल्दै शिखर नगर पालिकाका उप प्रमुख सुनिता रावल जोराले भनिन् आफू विगत लामो समय सञ्चार क्षेत्रमा बिताएको अनुभव सुनाउँदै प्रेस स्वतन्त्रता, मिडिया मैत्री नगर बनाऊ आफ्नो पहल रहने बताइन् । उनले भनिन् ,´ संविधानले दिएको अधिकारको प्रयोग गर्दै जनताको सबैभन्दा नजिकको सरकार र सुख दुःखको साथीको रूपमा स्थानीय सरकार बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।´
त्यस्तै बोगटान फुड्सिल गाउँ पालिकाका उपाध्यक्ष बिस्ना देउवा बमले जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताइन् । उनले भनिन् ,´स्थानीय तह सरकार सञ्चालन ऐन अनुरूप सबैको सुझाव सल्लाहमा रहेर नमुना स्थानीय तह बनाउन लागि पर्ने बताइन् ।´
नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदूर प्रदेशका सभापति वीर बहादुर बलायर रहेका थिए । उक्त कार्यक्रममा जनप्रतिनिधि , नेता , पत्रकार ,समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।