arrow

जनकपुरमा मनोजकुमार चम्किए, गठबन्धनका लालकिशोर थन्किए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
lalkisor-manoj.jpg

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा विद्रोही उम्मेदवार मनोजकुमार साह चम्किएका छन् । भने पाँच दलीय गठबन्धनका उम्मेदवार लालकिशोर साह पाँचौ स्थानमा थन्किएका छन् । 

जारी मतगणनामा नेपाली कांग्रेसका विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेको मनोजकुमार साह सुढीको अग्रता रहेको छ । हालसम्म साहले ६ हजार २ सय ९१ मत प्राप्त गरेर अग्र स्थानमा रहेका छन् । यता गठबन्धनका लालकिशोर साहले १ हजार ८ सय ३८ मत प्राप्त गरेका छन् । लालकिशोर जनकपुरका निवर्तमान मेयर तथा जनता समाजवादी पार्टीका उम्मेदवार हुन् ।

मनोजकुमारका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शिवशङ्कर साह हिराले ४ हजार १ सय २३ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका मेयर पदका उम्मेदवार मनोज चौधरीले हालसम्म २ हजार ६ सय ४७ मत प्राप्त गरेका छन्। मेयर पदकै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले २ हजार १ सय ५३ मत ल्याएका छन् । 

त्यस्तैगरी उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार किशोरी साह ६ हजार ९ सय ६६ मतसहित अग्र स्थानमा छन् भने, उनलाई नेकपा एमालेका उम्मेदवार रुना झाले ४ हजार ७ सय ३ मत प्राप्त गरी पछ्याइरहेकी छन् ।

उपमेयर पदमा तेस्रो स्थानमा निवर्तमान उपमेयर रिता कुमारी मिश्र छन् । उनले हालसम्म २ हजार ७ सय ८ मत ल्याएकी छन् । उपमेयर पदकै लागि मैदानमा रहेकी स्वतन्त्र उम्मेदवार निर्मल कुमार चौधरीले २ हजार १ सय ९१ मत प्राप्त गरेकी छन् । 

वडा नम्बर १ मा दिपनारायण यादव कांग्रेस ,२ मा शिवकुमार साह कांग्रेस, ३ मा दीपेन्द्र साह तमलोपा,वडा नम्बर ४ मा सुरेश झा कांग्रेस, ५ मा बेचन साह एमाले,६ मा दिनेश प्रसाद साह कांग्रेस,७ ,नीरज साह मुन्ना कांग्रेस,८ मा दिनेश सिंह -एमाले,९ मा परमेश्वर साह - कांग्रेस ,२२ विमलेश मिश्र लोसपा , २३ राघवेन्द्र साह स्वतन्त्र,२४ मा उपेन्द्र सहनी एमाले र वडा नम्बर २५मा चन्देश्वर साह कांग्रेस जित हात पारेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं १, २, ३,४, ५, ६, ७, ८, ९, २२, २३, २४ र २५ को मतगणना सकिएको छ । हालसम्ममा ३ वडामा नेकपा एमाले, १ वडामा तमलोपा, १ वडा लोसपा, १ स्वतन्त्र र बाँकी रहेका ७ वडामा नेपाली कांग्रेसका वडाध्यक्ष प्यानलसहित निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ