arrow

काठमाडौंमा ३८ प्रतिशत मत गनियो, विजेता दौडमा वालेन्द्र एक्लै, स्थापित र सिंहबीच दोस्रो हुन टक्कर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
walendra-keshav-srijana.jpg

काठमाडौं । बैशाख ३१ गतेदेखि निरन्तर मतगणना भइरहेको काठमाडौं महानगरपालिकामा ३८ प्रतिशतमात्र मत गनेर सकिएको छ । एक लाख ९१ हजार बढी मत खसेकामा शुक्रबार मध्यान्हसम्म ३८ प्रतिशतमात्र मात्र खसेको हो । 

जसमा मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले फराकिलो अग्रता कायम गरेका छन् । उनी विजेता दौडमा एक्लै छन् । उनी दोस्रो स्थानका एमालेका उम्मेदवार केशव स्थापित भन्दा झण्डै दोब्बर मतले अगाडि छन् । 

वालेन्द्रले २७ हजार ९६७ मत पाएका छन् । स्थापितले १४ हजार ७८२ मत पाएका छन् । तेस्रो स्थानकी गठबन्धनकी उम्मेदवार एवं नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले १४ हजार ४३९ मत पाएकी छिन् । 

वालेन्द्र निकै अगाडि बढ्दा दोस्रो हुनका लागि स्थापित र सिंहबीच कडा टक्कर देखिएको छ ।  

५५ उम्मेदवार रहेकामा राप्रपाका मदनदास श्रेष्ठले १ हजार ९० मत ल्याएका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले एक हजार मत कटाउन सफल भएका छन् । उनले १ हजार २३५ मत ल्याइसकेका छन् । 

अन्य उम्मेदवारले भने एक हजार मत पनि ल्याएका छैनन् । 

त्यस्तै उपमेयरमा भने एमाले उम्मेदवार सुनीता डंगोल निकै अगाडि छिन् । उनले २६ हजार ५७५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत ल्याएका छन् । राप्रपाकी बिनिता मगैयाले ३ हजार ६२३ मत ल्याएकी छिन् । 

स्वतन्त्र उम्मेदवारहरु वेन्जीसिंह महर्जनले २ हजार १४२ तथा विद्या श्रेष्ठ महर्जनले १ हजार ५०१ मत ल्याएकी छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ