arrow

कामपा-३२ मा एमालेको प्यानलनै विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
uml-flag.png

काठमाडौं । मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ । गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नवराज पराजुलीसहित प्यानलनै विजयी भएको छ । 

नवराजले एकीकृत समाजवादीका निकटतम प्रतिद्वन्द्वी सीतादेवी कँडेल (पराजुली) लाई दुई हजार ११७ मतले पछि पार्दै प्यानलसहित विजय भएका हुन्
 । यसअघिको निर्वाचनमा पनि उक्त स्थानबाट यही समूह विजय भएको थियो । 

अध्यक्षमा विजय भएका नवराजले पाँच हजार २२५ मत प्राप्त गरे भने सीतादेवीले तीन हजार १०८ मत प्राप्त गरेको बताइएको छ । 

त्यसैगरी सदस्यमा एमालेका तर्फबाट भगवान् बुढाथोकी र हरिबहादुर बस्नेत विजयी भएका छन् । महिला सदस्यमा हीरादेवी पाखरेल र दलित महिला सदस्यमा सीता विसुङ्खे विजयी भएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । 

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा नौ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २९, र ३१ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, २८, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ