arrow

ताइवानले आफ्नो प्रतिरक्षा बलियो बनाउनुपर्छ- अमेरिकी सेना प्रमुख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
Admiral Michael Gilday.jpg

काठमाडौं । अमेरिकी नौसेनाका शीर्ष अधिकारीले ताइवानले सम्भावित चिनियाँ आक्रामकताविरुद्ध समय सापेक्ष हतियार र उचित प्रशिक्षणसहित तयार भएर रहन आवश्यक रहेको बताएका छन् ।

युक्रेनमा रुसी आक्रमणबाट प्राप्त ज्ञानमा केन्द्रित परराष्ट्र सम्बन्ध परिषद्को कार्यक्रममा बोल्दै नौसेना अपरेसन प्रमुख एडमिरल माइकल गिल्डेले भनेका छन्, 'विशेष गरी सही किट (हतियार) मात्र नभएर मानिसहरूलाई सही तरिकाले प्रयोग गर्न प्रशिक्षिण गर्नका लागि यो एक ठूलो सिकाइको पाठ र वेकअप कल हो, ताइवानको सन्दर्भमा यो कुरा हामीबाट गुम्नु हुँदैन ।'

मरीन कोप्र्स, वायुसेना र अन्तरिक्ष सेनाका जनरल, नौसेना र तटरक्षक गार्डका एडमिरलसहित सबै ६ वटा सैन्य सेवा प्रमुखहरूको प्यानलमा बोल्दै नौसेनाका अपरेसन प्रमुख एडमिरल माइकल गिल्डेले यस्तो भनेका हुन् ।

बेइजिङले आफ्नो क्षेत्र मान्ने स्वशासित टापु ताइवानमाथि आक्रमण गर्ने आफ्नो कुनै मनसाय नरहेको चीनको भनाइ छ । तर यसले ताइवानमा अमेरिकी हतियार बिक्रीलाई लिएर चर्काे विरोध गर्दै आएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बुधबार बेइजिङमा नियमित पत्रकार सम्मेलनमा बोल्दै गिल्डेको टिप्पणीले आफ्नो राष्ट्रको मामिलामा हस्तक्षेप गरेको बताएका छन् । उनले भने, ‘चीनले यसको कडा विरोध गरेको छ ।

युक्रेन पाठ

युक्रेनमा भएको युद्धको दीर्घकालीन असर के हुनसक्छ भन्ने कुराको आंकलन गर्न चाँडो भए पनि युरोपमा घटिरहेका घटना र एसियामा के हुनसक्छ भन्ने कुरामा महत्त्वपूर्ण भिन्नता रहेकोमा सैनिक प्रमुखहरूको सहमति छ ।

'भौगोलिक रूपमा यो युक्रेन भन्दा फरक समस्या हो,' गिल्डेले भनेका छन्, 'एक पटक त्यहाँ गोली उड्न थालेपछि तपाईं सजिलै र चाँडै त्यहाँ पस्न सक्नु हुन्न ।'

वायुसेनाका प्रमुख जनरल चार्ल्स ब्राउन जुनियरले भनेका छन्, 'युक्रेनबाट लागू हुन सक्ने एउटा पाठ यो हो ,साना राष्ट्रको लड्ने इच्छा, त्यसमा कारक हुनुपर्छ, अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया र उनीहरू कति चाँडो एकसाथ आउन सक्छन् वा नहुन सक्छन्,।'

एसियामा अमेरिकी संलग्नता बढाउनका लागि लामो समयदेखि प्रतिक्षित अमेरिकी राष्ट्रपति जो बाइडेनको जापान र दक्षिण कोरिया भ्रमणअघि सेना प्रमुखको यस्तो टिप्पणी आएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ